दुबईमा ‘काउन्सलर शाखा’ स्थापना गर्ने विषयमा श्रम मन्त्री श्रेष्ठ सकारात्मक

दुबईमा ‘काउन्सलर शाखा’ स्थापना गर्ने विषयमा श्रम मन्त्री श्रेष्ठ सकारात्मक

आबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘काउन्सलर शाखा’ स्थापना गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले बताएका छन्।

‘आबुधाबी डाइलग’ मा भाग लिन गत आइतबार यहाँ आइपुगेका मन्त्री श्रेष्ठले यूएईमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने क्रममा यसको जानकारी दिएका हुन्।

उनले करिब ८० प्रतिशत उठ्वस तथा सम्बन्धित व्यक्ति दुबईमा बस्ने कारण ‘काउन्सलर शाखा’ स्थापना गर्ने विषयमा आफू सकारात्मक रहेको बताए। उनले यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग कुराकानी गर्नुपर्ने बताए।

‘यो काम छिटो हुनुपर्छ भन्ने मेरो पनि मान्यता हो। बजेट लगायत सबै कुरा आवश्यक पर्ने कारण अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग कुरा राख्नुपर्ने हुन्छ। म फर्किएपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि कुरा राख्छु,’ उनले भने।