सुदूरपश्चिमका बाढी पीडितलाई एनआरएनएको राहत

सुदूरपश्चिमका बाढी पीडितलाई एनआरएनएको राहत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कञ्चनपुरका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

सघंले सुदूरपश्चिमको भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका पीडितहरुलाई राहत वितरण गरेको हो ।

केहीदिन अघि परेको भारी वर्षाको कारण महाकाली नदीको बाढीको प्रभावले बिस्तापित परिवारलाई एक घर ,एक परिवार अभियान अन्तरर्गत ३०० घरलाई सो राहत दिएको संघले जनाएको छ।

यसअघि संघका अध्यक्ष कुमार पन्तले विश्वभर छरिएका राष्ट्रिय समितिलाई राहतमा जुटन आग्रह गरेका थिए।

राहत वितरणको लागि एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) मानार्थ सदस्य तथा राहत सामग्री हस्तान्तरण समितिका उपसंयोजक धर्मराज गिरी, एनआरएनए क्यानाडाका प्रतिनिधि तुला भट्टचन, एनआरएनए दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, एनआरएनए दक्षिण कोरिया अभियान्ता नवीन राज जोशी, सन्जु श्रेष्ठ, प्रदिप खनाललगायतको टोली कञ्चनपुर पुगेको थियो।

राहत वितरण स्थानीय निकायका जनप्रतिनिधि , राजनीतिक दल,सामाजिक अभियान्ता, प्रशासन, पत्रकार तथा स्थानीय वासिन्दाको राेहोवरमा सोमवार वितरण गरिएको थियो।