इन्डोनेशियाका पहिलो राष्ट्रपति सुकार्नोको छोरीले हिन्दु धर्म अपनाउने

इन्डोनेशियाका पहिलो राष्ट्रपति सुकार्नोको छोरीले हिन्दु धर्म अपनाउने

वाली। विश्वको सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश इन्डोनेशियाको पहिलो राष्ट्रपति सुकार्नोकी छोरी दिया मुटियारा सुकमावतीले इस्लाम छोडेर हिन्दु धर्म अपनाउने निर्णय गरेकी छिन्। उनी सुकमावती सकार्नोपुत्रीको नामले चर्चित छिन्।

धर्मान्तरण समारोहका प्रमुख आर्य वेदकर्णका अनुसार २६ अक्टुबरमा बाली अगुंग सिङ्राजामा सुद्धिवदनी नामको कार्यक्रम हुने र यसै समारोहमा उनले हिन्दु धर्मलाई अपनाउने छिन्। धर्मान्तरण समारोहको दिन सुकमावती ७० वर्षमा प्रवेश गर्नेछिन्।

सुकमावतीले हिन्दु धर्म ग्रहण गर्ने निर्णय आफूले हजुरआमा स्वर्गीय इडा आयु न्योमन राय श्रीम्बेनबाट प्रभावित भएर गरेको बताइन्। श्रीम्बेनको निधन १९५८ मा भइसकेको छ। उनी हिन्दु धर्मसँग जोडिएकी थिइन।

सुकमावतीले पछिल्लो समय हिन्दु ग्रन्थको राम्रोसँग अध्ययन गरेको उनको वकिल बताउँछन्। बालीमा पछिल्लो समय सुकमावती हिन्दु धार्मिक समारोहमा प्रायः देखिने गर्थिन्।