कतारमा कोभिड निको हुनेको संख्या २ लाख ३७ हजार

कतारमा कोभिड निको हुनेको संख्या २ लाख ३७ हजार

दोहा। कोरोना संक्रमणका कारण कतारमा एक जनाको निधन भएको छ। कतारको जनस्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा यहाँ कोरोनाका ८२ संक्रमित फेला परेका छन्, जसमा ६३ संक्रमित सामुदायिक भएको र १९ जना विदेशबाट फर्किएको यात्रु छन्।

जनस्वास्थ्य मन्त्रालयको रिपोर्टमा ६६ जना निको भएर घर फर्किएको पनि उल्लेख छ। कतारमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ९ सय ६ पुगेको स्थानीय पेनेन्सुला अखबारले पनि स्पष्ट पारेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मर्नेको उमेर ४१ वर्षको भएको तर, उनको नाम सार्वजनिक गरिएको छैन। कतारमा हालसम्म ६ सय ९ जना कोरोना संक्रमणका कारण मरिसकेका छन्।

कतारमा हालसम्म कूल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार ५१८ पुगेको छ भने १ सय ३ सक्रिय बिरामी उपचाररत छन्।