जेलको शौचालय प्रयोग गर्नु नपरोस् भनेर शाहरुखका छोराले कम खाने गरेको दावी

जेलको शौचालय प्रयोग गर्नु नपरोस् भनेर शाहरुखका छोराले कम खाने गरेको दावी

मुम्बई। जेलको शौचालय प्रयोग गर्नु नपरोस् भनेर शाहरुख खानका छोरा आर्यन खाना खान तथा पानी पिउनबाट बज्दै आएको खुलासा जेलमै रहेका एक कैदीले बताएका छन्।

क्रुज ड्रग्स काण्डमा पक्राउ परेका भारतीय सिने उद्योगका चर्चित नायक शाहरुखका छोराको अपील दुई पल्ट अदालतले अस्विकार गरिसकेको छ। छोरालाई भेट्न शाहरुख २१ अक्टु्बरमा मुम्बईको आर्थर रोड जेल पुगेका थिए। यतिबेला छोराले जेलको खाना राम्रो नभएको गुनासो बुवालाई गरेको भन्दै हिन्दी पत्रपत्रिकाले न्युज बनाएका थिए।

तर, अहिले यही जेलमा आर्यनसँग कैदीको जीवन बिताइरहेका अन्य व्यक्तिको श्रोतलाई उधृत गर्दै भनिएको छ–जेलको शौचालयको अवस्था राम्रो छैन। त्यसैले शौचालय जानबाट बच्न आर्यनले राम्रोसँग खाना र पानी खाइरहेका छैनन्।

उनी एउटा कुनामा चुपचाप बसेर रुने गरेको बताइएको छ। उनी कसैसँग कुरा गर्दैनन्। उनको कोठामा अरबाज मर्जेन्ट नाम गरेका अर्का अभियुक्त पनि छन्।



No ads found for this position