बालबालिकालाई फकाएर अप्राकृतिक मैथुन गराएको आरोपमा क्यानेडेली नागरिक पक्राउ

बालबालिकालाई फकाएर अप्राकृतिक मैथुन गराएको आरोपमा क्यानेडेली नागरिक पक्राउ सांकेतीक तस्वीर

कास्की । विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्ध दकसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–६ लेकसाइडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको हो।

उनी उपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।