‘आबुधाबी डाइलग’मा भाग लिन श्रम मन्त्रीसहित ३ सदस्यीय टोली यूएई प्रस्थान

काठमाडौं। छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिन श्रम मन्त्री किशन श्रेष्ठसहित ३ सदस्यीय टोली आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) उडेको छ ।
श्रम मन्त्री श्रेष्ठसँगै यूएई उड्नेमा श्रम मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम र वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप–सचिव डा. थानेश्वर भुसाल पनि छन्।
‘लेबर सेन्डिङ’ (रोजगार पठाउने) र रिसिभ गर्ने (लिने) देशबीच यूएईको श्रम मन्त्रालयले यो कार्यक्रम आयोजना गर्छ। ‘आबुधाबी डाइलग’ मा श्रमिक पठाउने प्रत्येक देशका श्रम मन्त्री सहभागी हुने चलन छ।
श्रम मन्त्रीसहितको टोली एयर अरेवियाको उडानमार्फत नेपाली समयअनुसार दिउँसो १ बजेर ४० मिनेटमा यूएई उडेको हो। कार्यक्रम २५–२९ अक्टोबरसम्म सञ्चालन हुनेछ।
‘आबुधाबी डाइलग’ सन् २००७ देखि सुरु भएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर