भारतकी चर्चित गायिका केएस चित्रालाई यूएईको गोल्डेन भिसा

भारतकी चर्चित गायिका केएस चित्रालाई यूएईको गोल्डेन भिसा

दुबई। भारतीय गायिका केएस चित्रालाई संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १० वर्षको गोल्डेन भिसा उपलब्ध गराएको छ।

केरला निवासी चित्रालाई विदेश विभागअन्तर्गत आवास समितिका कार्यकारी निर्देशक मेजर जर्नेल मोहम्मद अहमद अल मारीले १० वर्षे भिसा उपलब्ध गराएकी हुन्। यूएई सरकारले दिएको सम्मान ग्रहण गर्दै उनले लेखेकी छिन्, ‘निकै सम्मानित भएको महसुस भइरहेको छ। मलाई सम्मानित गर्नुभएकोमा मेजर जर्नेल मोहम्मद अहमद अल मारीलगायत दुबई इमिर्गेसनका पदाधिकारीलाई विशेष धन्यबाद।’

चित्राले ६ पल्ट राष्ट्रिय अवार्ड जितिसकेकी छिन्। सुमधुर स्वरकी धनी उनी उनी ४ दशकदेखि हिन्दी चलचित्रमा सक्रिय छिन्।

उनले २५ हजारभन्दा बढि भारतको विभिन्न भाषाको गीत गाइसकेकी छिन्। उनी ‘नाइन्टिङ्गेल अफ साउथ इन्डिया’ को उपनामले पनि महसुर छिन्। उनले मल्यालम, तमिल, तेलगु, कन्नडा, ओरिया, हिन्दी, आसामी र बंगाली फिल्ममा आवाज दिइसकेकी छिन्।