कुवेतमा समातिए दुई साउदी ठग

कुवेतमा समातिए दुई साउदी ठग

कुवेत सिटी। ठगीको आरोपमा कुवेतमा दुई साउदी नागरिक पक्राउ परेका छन्।

आफूलाई सरकारी अधिकारी भन्दै विदेशी नागरिकसँग रकम असुली गरेको आरोपमा कुवेतको अनुसन्धान व्युरोले साउदी अरेबियाका दाजु–भाईलाई पक्राउ गरेको अल–राई दैनिक पत्रिकाले बताएको छ।

सुरक्षा श्रोतका अनुसार विगत १० दिनदेखि यी दाजु–भाई मिलेर मानिसहरूलाई ठग्दै आइरहेका थिए।

उनीहरूले ७ वटा ग्रोसरी पसलमा चोरी गरेको र थुप्रै विदेशी नागरिकलाई लुटेको बताइएको छ।



No ads found for this position