दक्षिण कोरियामा क्यान्सरविरूद्ध खोपको परीक्षण सुरु

सोल। दक्षिण कोरियाले क्यान्सर रोगविरूद्धको खोपका लागि परीक्षण सुरु गरेको छ।
क्यान्सरविरूद्धको खोपको नाम कार्ट–टी (काइमरिक एन्टिजन रिसेप्टर) राखिएको छ। जसको पहिलो क्लिनिकल परिक्षण पनि सुरु भइसकेको कोरियाको न्युज एजेन्सीहरूले बताएका छन्।
कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) ले बुधबार क्लिनिकल ट्रायलका लागि कार–टी थेरापी प्रयोग गर्ने स्विकृति दिएको हो।
काइस्टका अनुसार यो थेरापी कलेजका बायोसाइन्स विभागका प्रोफेसर चान–ह्युकको नेतृत्वमा रहेको रिसर्च टिमले विकाश गरेको हो।
अहिले यो थेरापी १० बिरामीमा प्रयोग गरिएको छ। सबै बिरामी डिफ्युज लार्ज बी–सेल लिम्फोमा (डीएलबीएल) बाट पिडित छन्।
आउँदो वर्ष फेज–२ को परिक्षण ७० जनामा हुने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर