देउवा सरकारले फिर्ता बोलाएका कतारका लागि नेपाली राजदूत भारद्धाज फर्किए

देउवा सरकारले फिर्ता बोलाएका कतारका लागि नेपाली राजदूत भारद्धाज फर्किए फाइल फोटो

दोहा। कतारका लागि नेपाली राजदूत डाक्टर नारदनाथ भारद्धाज आफ्नो कार्यकाल पुरा गरेर मंगलबार नेपाल फर्किएका छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनलाई सरकारले बीचैमा फिर्ता बोलाएको थियो।

भारद्धाज नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनी राजदूत नियुक्त भएका थिए। उनी दुई वर्ष कतारको राजदूत रहे।

भारद्धाजलाई सोमबार एउटा कार्यक्रमका बीच दूतावासका कर्मचारीले बिदाई गरेका थिए।



No ads found for this position