कतारको पुनर्गठित मन्त्रिमण्डलमा दुई महिलालाई स्थान

कतारको पुनर्गठित मन्त्रिमण्डलमा दुई महिलालाई स्थान

दोहा। कतारको पुनर्गठित मन्त्रिमण्डलमा दुई महिलाले स्थान पाएका छन्। कतारी राजा शेख तमिम बिन हमद अल थानीले मंगलबार १३ सदस्यीय मन्त्रिमण्डलको पुनर्गठन गर्दा दुई महिलाले पनि स्थान बनाएका हुन्।

पुनर्गठित मन्त्रिमण्डलमा पद पाउने दुई महिला बुथाइना बिन्ट अली अल जाबर अल नुइमी र मर्यम बिन्ट अली बिन नासिर अल मिस्नाद छन्। अल नुइमीले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छिन। यस्तै, समाजकल्याण तथा पारिवारीक मन्त्रालयको जिम्मेवारी नासिर अल मिस्नाद पाएकी छिन्।

अन्य मन्त्रालयमा अली बिन हमद अल कुवारीलाई अर्थ मन्त्रालयको कार्यभार सुम्पिएको छ। व्यापार तथा उद्योग मन्त्रालयको जिम्मेवारी शेख मोहम्मद बिन हमद बिन कासिम अल अब्दुल्लाह अल थानीले पाएका छन्।

जासीम बिन सैफ बिन हमद अल सुलाइतीले यातायात, मोहम्मद बिन अली बिन महम्मद अल मानाइले सूचना तथा प्रविधी, सलाह बिन घानेम अल अलीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

शेख अब्दुलरहमान बिन हमद बिन जासीम बिन हमद अल थानीले संस्कृति, अब्दुल्लाह बिन अब्दुल्लाजिज बिन टुर्की अल सुबाईले महानगरीय मन्त्रालयको जिम्मेवारी पाएका छन्।



No ads found for this position