एनआरएनएको चुनाव रोकेर सरकारले १० अर्बको विकाश ‘फण्ड’ रोक्योः केपी ओली

एनआरएनएको चुनाव रोकेर सरकारले १० अर्बको विकाश ‘फण्ड’ रोक्योः केपी ओली फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव स्थगित गराएर शेरबहादुर देउवाको सरकारले नेपालको विकाशका लागि आउन लागेको १० अर्बको ‘फण्ड’ रोकेको आरोप पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगाएका छन्।

नेकपा एमाले बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई बुधबार सम्बोधन गर्ने क्रममा विपक्षी दलका नेता ओलीले भने, ‘सक्छौं भने एमालेसँग लड्न आऊ, एनआरएनएसँग हैन।’ उनले प्रजातन्त्रको कुरा गरेर नथाक्ने नेपाली कांग्रेसले गैरआवासीय नेपालीको चुनाव रोकेर गैरप्रजातान्त्रिक आचरण देखाएको पनि आरोप लगाउन भुलेनन्।

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले एनआरएनएका केही पदाधिकारीको प्रभावमा परेर दुई पल्ट चुनाव सार्न परराष्ट्रलाई दबाब दिएको हल्ला चलिरहेको बेला ओलीले कांग्रेसको आलोचना गरेका हुन्।

एनआरएनएको यही अक्टोबर २४ र २५ तारिखमा घोषणा गरिएको चुनावमा हाल कांग्रेस पार्टीमा प्रतिबद्ध दुई उम्मेदवार कुल आचार्य र नवीना थापा मैदानमा थिए। अध्यक्षका बलिया प्रतिस्पर्धी डा. बद्री केसीलाई निर्वाचित हुन नदिन एनआरएनएकै केही पदाधिकारी भित्री साठ्गाढ्मा लागेको भनाई प्रति कटाक्ष गर्दै भने, ‘यस्तै हुन्छ, लोकतन्त्र, सरकार र पार्टी? अरुलाई लाज नलागेपनि कांग्रेसलाई लाज लाग्नपर्ने हो।’