कतारमा कार्यरत नेपालीलाई आफ्नो पूर्ण ठेगाना उपलब्ध गराउन दूतावासको आग्रह

दोहा। कतारमा कार्यरत नेपालीलाई आफ्नो पूर्ण ठेगानासहित सम्पूर्ण जानकारी उपलब्ध गराउन दोहास्थित नेपाली दूतावासले आग्रह गरेको छ।
कतार सरकारले आफ्नो देशका नागरिकसहित विदेशी नागरिक तथा वैधानिक व्यक्तिले अनिवार्य रुपमा राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेपछि नेपाली दूतावासले यहाँ कार्यरत सबै नेपालीसँग यस्तो आग्रह गरेको हो।
दूतावासले सार्वजनिक गरेको पत्रमा भनिएको छ, ‘कतारको आन्तरिक मामिला मन्त्रालयबाट जनवरी २८, २०२० मा अनुरोध प्राप्त भएको हुँदा कतारमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली नागरिकहरूले २६ जुलाईभित्र आफ्नो राष्ट्रिय ठेगाना उपलब्धि गराइदिनु होला।’
ताजा अपडेट

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर