नक्कली खुफिया प्रहरीद्धारा कुवेतमा एक भारतीयमाथि लुटपाट

नक्कली खुफिया प्रहरीद्धारा कुवेतमा एक भारतीयमाथि लुटपाट

कुवेत सिटी- कुवेतमा आफूलाई खुफिया प्रहरी बताउँदै तीन जनाले मिलेर एक भारतीय प्रवासीलाई लुटेको खबर बाहिरिएपछि यहाँको प्रहरी कार्यालयमा खैलाबैला मच्चिएको छ।

ती भारतीयले प्रहरी चौकीमा गएर आफूलाई तीन खुफिया प्रहरी बताउने व्यक्तिले लुटपाट गरेको उजुरी गरेपछि यो कुरा बाहिरिएको हो।

हवाली एरियामा गाडीमा आएका तीन व्यक्तिले आफूहरू अनुसन्धान अधिकृत भएको भन्दै सुरुमा कुटपिट गरेको, त्यसपछि मोबाइल फोन र पैसा छिनेर भागेको उनको उजुरीमा उल्लेख छ।

कुवेती प्रहरी अहिले आफ्नो नाम बदनाम गरेर लुटपाट गर्ने व्यक्तिको खोजीमा रहेको अरब टाइम्स न्युज एजेन्सीले जानकारी दिएको छ।