दुबई इन्टरनेट सिटीमा आउँदो ४ वर्षभित्र १५ हजार रोजगारी सिर्जना हुने
दुबई- सूचना प्रविधिलाई करिअर बनाउने अभियानमा लागेका युवाहरूको योजना संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबई इन्टरनेट सिटी (डीआइसी) ले पूरा गर्ने भएको छ।
यूएईको अग्रपंक्तिमा रहेको यस प्राविधिक संस्थाले सन् २०२५ सम्म यहाँ कार्यरत कर्मचारी बृद्धि गर्दै ४० हजार पुर्याउने लक्ष्य राखेको कम्पनीका बरिष्ठ अधिकारीले बताएका छन्।
डीआइसीमा हाल १६ सय कम्पनी आवद्ध छन्, जसमा २५ हजार कर्मचारी कार्यरत रहेको बताइएको छ। २०२५ सम्म डीआइसीमा १५ हजार थप कर्मचारी भर्ती गरिने बताइएको छ।
डीआइसीका कार्यकारी निर्देशक अमेर अल–मलिकका अनुसार आउँदो ३–४ वर्षमा २–३ वटा ठूला कम्पनी यसमा आवद्ध हुने बताएका छन्।
ताजा अपडेट
प्रवास खबर
एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख
प्रवास खबर
नेपाल प्रहरीमा जनालाई जागिरको अवसर
प्रवास खबर