खराब मौसमका कारण अन्तरिकतर्फका नियमित हवाई सेवा प्रभावित

काठमाडौं- खराब मौसमका कारण अन्तरिकतर्फका नियमित हवाई सेवा प्रभावित बनेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चन्द्रगढी, विराटनगर र जनकपुर एयरपोर्टमा हवाइ उडान प्रभावित भएको हो।
विराटनगर र जनकपुरमा नियमित उडान प्रभावित बनेको छ। यता, चन्द्रगढीमा भर्खरैबाट हवाइ सेवा सञ्चालनमा आएको छ।
अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नआएको विमानस्थलले जनाएको छ।
ताजा अपडेट

प्रवास खबर
अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने

प्रवास खबर