राजदूत आचार्य र भारतीय कांग्रेसका अध्यक्ष गान्धीबीच भेट

राजदूत आचार्य र भारतीय कांग्रेसका अध्यक्ष गान्धीबीच भेट

दिल्ली- भारतस्थित नेपाली राजदूत निलम्बर आचार्य र भारतीय कांग्रेसका अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ।

नेपाल फर्किन लागेका राजदूत आचार्य हाल भारतमा विभिन्न दलका नेता तथा उच्च पदाधिकारीसँग भेटघाट गरिरहेका छन्।

सो उपलक्ष्यमा बिदाइ कार्यक्रमहरुको आयोजना गरिँदैछ। मंगलबार अध्यक्ष गान्धी निवासमा भएको भेटघाट तथा बिदाइ कार्यक्रममा दुई देशको सम्बन्धको बारेमा छलफल भएको राजदूत आचार्यले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन्।

यसअघि भारतीय कांग्रेस अर्का नेता राहुल गान्धीले पनि आचार्यको बिदाइको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेका थिए।

असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्तिका आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसमा नीलाम्बर आचार्य पनि परेका हुन्।



No ads found for this position