उत्तराखण्डमा आएको बाढीमा तीन नेपाली मजदुरको मृत्यु

दिल्ली- भारतको उत्तराखण्डमा बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु भएको छ। सोमबार बाढीको कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर हुन्।
उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको इन्डिया टुडेले जनाएको छ। यद्यपि समाचारमा उनीहरुको पहिचान भने खुलाइएको छैन।
भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो। उत्तराखण्डमा आएको बाढीसँगै राज्यका अधिकारीहरुले चारधाम यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन्।
बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एकसय मानिसहरु थुनिएका छन्। अहिले उनीहरुको उद्धारको काम चलिरहेको छ।
ताजा अपडेट

प्रवास खबर
बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर