ओमनमा कैदी जीवन बिताइरहेका १०७ विदेशी नागरिकलाई आममाफी

ओमनमा कैदी जीवन बिताइरहेका १०७ विदेशी नागरिकलाई आममाफी

मस्कट। ओमनमा कैदी जीवन बिताइरहेका १ सय ७ विदेशी नागरिकले आममाफी पाग्ने भएका छन्।

मोहम्मद पैगम्बरको जन्म दिनको अवसरमा मस्कटका सुल्तान हैथम बिन तारेकले ३ सय २८ युद्धबन्दीको सजाय माफ गर्ने घोषणा गरेका छन्। जसमा १ सय ७ जना विदेशी नागरिक भएको ओमन न्युज एजेन्सीले बताएको छ।

आममाफी पाउनेमा विभिन्न मुद्धामा जेल परेका कैदी छन्। केही समयअघि गैरकानुनी रूपमा देश प्रवेश गर्ने २९ जनालाई ओमन सरकारले जेल सजाय सुनाएको थियो। मोहम्मद पैगम्बरको १४४३ औं जन्मदिनको दिन उनीहरूलाई जेलमुक्त गरिने बताइएको छ।