म्याद थप्ने वैधानिक व्यवस्था नहुँदा एनआरएनए संरक्षक परिषद् निस्क्रिय

म्याद थप्ने वैधानिक व्यवस्था नहुँदा एनआरएनए संरक्षक परिषद् निस्क्रिय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद् कार्यकाल समाप्त भएको छ ।

गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६ को १६ धारा अनुसार संरक्षक परिषद्को कार्यकाल दुई वर्षका लागि हुने प्रष्ट व्यवस्था अनुरुप संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा रहेको सो परिषदको म्याद सकिएको एनआरएनए आइसीसीका एक पदाधिकारीले जानकारी दिए।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार बसेको ८० औं बैठकले संघको कार्यकाल ६ महिनाको लागि थप गरेको हो । तर, संरक्षक परिषदको म्याद थप्ने वैधानिक व्यवस्था नभएको हुँदा सो परिषद् स्वतः निस्क्रिय हुन पुगेको हो ।

गैरआवासीय नेपाली संघको गत वर्ष १९ अक्टोवरमा  तारिख बसेको ६९ औं बैठकले दुई वर्षको लागि संरक्षक परिषद गरेको थियो।

संरक्षक परिषदमा घले सहित पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने, भवन भट्ट र रामप्रताप थापा रहेको थिए।