तालिबानले अपमान गरेको भन्दै पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द

तालिबानले अपमान गरेको भन्दै पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द

काठमाडौं- पाकिस्तानले अफगानिस्तानसँगको हवाई सेवा बन्द गरेको छ। तालिबानले अपमान गरेको भन्दै पाकिस्तानले सबै हवाई उडान रद्द गरेको हो।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए)ले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने आउने सबै हवाई उडान रद्द गरेको जानकारी दिएको छ। बीबीसीमा प्रकाशित सामाचार अनुसार पीआईएले तालिबानले अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ।

पीआईएका प्रवक्ताले तालिबानले एयरपोर्टका आफ्ना कर्मचारीलाई धम्की दिएको र उडानको व्यवस्थामा हस्तक्षेप गरेको समेत आरोप लगाएको छ। हिजो सामान्य अवस्थामा भन्दा १० गुणा कमले मात्र एक देशबाट अर्को देशका लागि टिकट काटेको सामाचारमा उल्लेख छ।

काबुलबाट इस्लामाबाद ४० मिनेट उडानको लागि तालिबानले १२ सय डलर असुल्ने गरेको पाइएको थियो। यो भन्दा अगाडि यति उडानको १ सय ५० डलर मा हुँदै आएको समाचार संस्था एएफपीले जनाएको छ।