अफगानिस्तानको एउटा शिया मस्जिदमा बम बिस्फोट, ३० जनाको मृत्यु

अफगानिस्तानको एउटा शिया मस्जिदमा बम बिस्फोट, ३० जनाको मृत्यु

काठमाडौं- अफगानिस्तानको कान्दहार शहरमा रहेको एउटा शिया मस्जिदमा बम बिस्फोट गराइएको छ।

शुक्रबार इमाम बारगाह मस्जिदकाे साप्ताहिक प्रार्थना भइरहेका बेला बिस्फोट भएको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन्।

उक्त बिस्फोटमा परि ज्यान गुमाउनेकाे संख्या ३० पुगेको छ। यस्तै, घटनामा अन्य ९० जनाभन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ।

बिस्फोटको कारण स्पष्ट भएको छैन। तर, आत्मघाती आक्रमणकारीले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ।

यस अघिल्लो शुक्रबार पनि कुन्दाज प्रान्तको उत्तरी शहरस्थित सिया मस्जिदमा आत्मघाती बम हमला गराइएको थियो। उक्त हमलामा प्रार्थनामा सहभागी ५० जनाको ज्यान गएको थियो।