दक्षिणी ताइवानको एक भवनमा आगलागी, कम्तीमा ४६ जनाको मृत्यु

दक्षिणी ताइवानको एक भवनमा आगलागी, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं- दक्षिणी ताइवानको एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो तालमा फ्ल्याटमा आगोलागी भएको हो।

दमकल दलका अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो। आगो निभाउन चार घण्टाभन्दा धेरै समय लागेको समाचारमा जनाइएको छ।

यद्यपि, ७९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको दमकल दलले जानकारी दिएको छ। त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएका थिए। त्यसमध्ये धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ।

आगलागीको कारणबारे अझै थाहा नभएको सामाचारमा जनाइएको छ। त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको समाचारमा उल्लेख छ।