दुबई एक्स्पो सफलतातर्फ, १० दिनमा ४ लाख बढी अवलोकनकर्ता

दुबई एक्स्पो सफलतातर्फ, १० दिनमा ४ लाख बढी अवलोकनकर्ता

दुबई- कोरोना महामारीका बाबजुद संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एक्स्पो–२०२० सफलतातर्फ लम्किएको निस्कर्ष आयोजकले गरेको छ।

१ अक्टुबरदेखि दुबईमा सुरु भएको एक्स्पो अवलोकन गर्न १० दिनमा ४ लाख ११ हजार ७ सय ६८ व्यक्ति जमघट भएको आयोजक समितिले बताएको छ।

एक्स्पो–२०२० अरब राष्ट्रमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्ट हो। आयोजक इन्टरनेशनल डेस एक्स्पोजिसनका महासचिव डिमिट्री एस केर्केन्जेसले आयोजना सुरुवातको पहिलो सातालाई अत्याधिक सफल मान्नुपर्ने बताएका छन्।

‘जुन संख्यामा मानिसहरूको उपस्थिति भएको छ, त्यो प्रेरित गर्ने खालको छ,’ उनले भने।

एक्स्पो हेर्न विदेशबाट पनि मानिसहरू दुबई आएको कुराले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताए। यस इभेन्टसमा १ सय ९२ राष्ट्र सहभागी छन्। उनीहरूको यहाँ आफ्नै पवेलियन निर्माण गरिएको छ।