कतार पेट्रोलियम अब ‘कतार एनर्जी’मा रुपान्तरण हुने

कतार पेट्रोलियम अब ‘कतार एनर्जी’मा रुपान्तरण हुने

दोहा- कतार पेट्रोलियमले आफ्नो नाम परिवर्तन गर्दै कतार एनर्जी राख्ने भएको छ। कार्बन डाइअक्साइड उत्सर्जनलाई प्रभावकारी बनाउन तथा सौय उर्जाको क्षमता अभिवृद्धि र पर्यावरणमैत्री प्रविधिलाई लागु गर्ने उद्देश्यले कतार पेट्रोलियमले आफ्नो नाम परिवर्तन गर्न लागेको हो।

‘हामी जुन काम गर्न खोजिरहेका छौं। त्यो यो नामले प्रतिबिम्बित गर्न सक्दैन,’ कतार पेट्रोलियमका सीइओ सइद अल–काबीले बताए।

कतार विश्वको सबैभन्दा ठूलो ‘लिक्युड नेचुरल ग्यास’ को आपूर्तिकर्ता हो। उसले हाल वार्षिक ७७ मिलियन टन ग्यास प्रसोधन गर्दै आइरहेको छ, जुन २०२७ सम्म १२७ पुर्‍याउने लक्ष्य राखेको छ।

सीइओ अल–काबीले नेचुरल ग्यास पनि इनर्जीको एउटा अभिन्न अंक भएको हुनाले आफूले नाम परिवर्तन गर्न चाहेको बताए। अल–काबी कतारको इनर्जीमन्त्री पनि हुन्। उनले राज्य नियन्त्रित संस्थालाई अझ प्रभावकारी बनाउने बताएका छन्।