यूएईको एयरलाइन्स कम्पनीमा ५ सय ‘कस्टम्भर सर्भिस’ एजेन्टका लागि जागिर खुल्यो

यूएईको एयरलाइन्स कम्पनीमा ५ सय ‘कस्टम्भर सर्भिस’ एजेन्टका लागि जागिर खुल्यो

दुबई । यूएईको एयरलाइन्स कम्पनीले ५ सय ‘कस्टम्भर सर्भिस’ एजेन्टका लागि अन्तर्वार्ता खुला गरेको छ। अन्तर्वार्तामा भाग लिन चाहने व्यक्तिले दुई वर्ष वा सोभन्दा माथि ‘कस्टम्भर सर्भिस इन्डस्ट्री’ मा अनुभव प्राप्त गरेको हुनु पर्नेछ। साथै उम्मेदवार दश कक्षा पास गरेको, अंग्रेजी राम्रोसँग बोल्न र लेख्न सक्ने, कम्प्युटरमा माइक्रोसफ्ट सम्बन्धी आधारभूत ज्ञान भएको, सेल्स सम्बन्धि भरपूर ज्ञान भएको र प्रस्टसँग सञ्चार गर्न सक्ने सीप भएको हुनुपर्ने छ। अरवीक भाषा बोल्न सक्नेलाई विशेष ग्राहयता दिइने कम्पनीले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ।

उम्मेदवारको प्रत्यक्ष उपस्थितिमा अन्तर्वार्ता ११ अक्टोबर सोमबार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म होलीडे इन, बर दुबईमा एडेक्कोले लिने जनाइएको छ।

अन्तर्वार्तामा उपस्थित हुने उम्मेदवारले आफ्नो बायोडाटाको प्रतिलिपी, एक पासपोर्ट साइजको फोटो र एक पूरा साइजको फोटोसँगै बोक्नु पर्नेछ।

त्यस्तै आवेदकले स्वास्थ्य सम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्नु पर्नेछ। जसअन्तर्गत आवेदकले अन्तर्वार्ता स्थलमा फेस मास्क लगाउनु पर्ने र सामाजिक दूरी कायम गनुपर्ने बताइएको छ।

अन्तर्वार्ताबाट छनोट हुने आवेदकले मासिक रुपमा ५ हजार दिराम प्लस पारिश्रमिकको साथमा यातयात सुविधा पाउने छन्। खालीज टाइम्स

 



No ads found for this position