एनआरएनएकाे आर्थिक प्रतिवेदन सार्वजनिक

एनआरएनएकाे आर्थिक प्रतिवेदन सार्वजनिक

लण्डन । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष तथा संयोजक महेश कुमार श्रेष्ठले २०७७/७८ असार मशान्तसम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। आगामी अक्टोबर २३ देखि २५ सम्म हुन गइरहेको गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि कोषाध्यक्ष श्रेष्ठले आइएलओसहित प्रगति प्रतिवेदन तथा एनआरएनएको कार्यकालको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेका हुन्।

लेखा परीक्षणको प्रतिवेदन आइसिसी सदस्य र एनसिसी समक्ष सेप्टेम्वर २३ तारिखमा इमेल मार्फत पेश गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष श्रेष्ठले भने, ‘यस कार्यकालमा संस्थाको विगतदेखि वर्तमानसम्मको आर्थिक स्थिति सम्बन्धमा विस्तृत लेखा परीक्षण (डीडीए) रिपोर्ट तयार पारी विगतका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने कार्ययोजना तयार गरेर कार्यान्वयनमा ल्याएका छौँ।‘

यस्तै सार्वजनिक प्रतिवेदनमा आन्तरिक लेखा परीक्षक नियुक्ति गरेर आन्तरिक लेखा परीक्षण गराउने कार्यको थालनी भएको र प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्ने पद्धतिको सुरुवात यसै कार्यकालदेखि कार्यान्वयन ल्याइएको उल्लेख गरिएको छ। यस्तै, संघका आर्थिक गतिविधिलाई पारदर्शी र व्यवस्थित बनाउन तथा आर्थिक सुशासन कायम गर्ने आर्थिक नियमावली निर्माण गरिएको समेत श्रेष्ठले बताए।

उनका अनुसार पहिलोपटक बजेट बनाएर खर्च गर्ने परिपाटीको सुरुवात गरी वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। यसका साथै राष्ट्रिय समन्वय परिषदहरुले गरेका गतिविधिहरुको आर्थिक प्रतिवेदन लिने प्रथाको शुरुवात गरिएको छ। यस कार्यकालमा केन्द्रले पहिलो पटक क्राउड फन्डिंग मार्फत फन्ड कलेक्सन गर्ने कार्यको सफल शुरुवात गरिएको श्रेष्ठले जनाए।

सार्वजनिक प्रतिवेदन यस्ते छ,
२०७७/७८ असार मशान्तसम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन, आइएलओसहित:

आदरणीय अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिज्यूहरु, संपूर्ण एनआरएनए सदस्य ज्यूहरु! सन् २०२१ अक्टोबर २३–२५ मा आयोजना हुन लागेको गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि कोषाध्यक्षको प्रगति प्रतिवेदन तथा यस कार्यकालको लेखा परीक्षणको प्रतिवेदन आइसिससी सदस्य ज्यूहरु र एनसिसी समक्ष सेप्टेम्वर २३ तारिख इमेल मार्फत पेश गरिसकेको छु।

यस कार्यकालमा संस्थाको विगतदेखि वर्तमानसम्मको आर्थिक स्थिति सम्बन्धमा विस्तृत लेखा परीक्षण (डीडीए) रिपोर्ट तयार पारी विगतका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने कार्ययोजना तयार गरेर कार्यान्वयनमा ल्याएका छौँ। यस्तै आन्तरिक लेखा परीक्षक नियुक्ति गरेर आन्तरिक लेखा परीक्षण गराउने कार्यको थालनी भएको छ। प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्ने पद्धतिको सुरुवात यसै कार्यकालदेखि कार्यान्वयन ल्याइएको छ। संघका आर्थिक गतिविधिलाई पारदर्शी र व्यवस्थित बनाउन तथा आर्थिक सुशासन कायम गर्ने आर्थिक नियमावली निर्माण गरिएको छ। पहिलो पटक बजेट बनाएर खर्च गर्ने परिपाटीको सुरुवात गरी वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

यसका साथै राष्ट्रिय समन्वय परिषदहरुले गरेका गतिविधिहरुको आर्थिक प्रतिवेदन लिने प्रथाको शुरुवात गरिएको छ। यस कार्यकालमा केन्द्रले पहिलो पटक क्राउड फन्डिंग मार्फत फन्ड कलेक्सन गर्ने कार्यको सफल शुरुवात गरिएको छ।

यसै गरी एनआरएनए फाउण्डेसन एन्ड फाइनान्सियल सस्टेनाबिलिटी विभागको सक्रियतामा एनआरएन फाउण्डेसनको नियमावलीको खाका निर्माण गरी एनआरएनए फाउण्डेसन दर्ता गरिएको छ। अनावश्यक खर्चमा कटौती गर्दै संघलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लगिएको छ। यस कार्यकालमा मेरो संयोजकत्वमा एनआरएन फाउण्डेसन एन्ड फाइनान्सियल सस्टेनाबिलिटी विभाग गठन गरि यस अन्तर्गत निम्न समितिहरु गठन गरिएको थियो। जो यस प्रकारका छन्ः

• NRN Foundation and Financial Sustainability – ( Chair: Mahesh Shrestha )
• Fund Mobilization Committee– ( Chair:Lok Dahal) • Foundation Preparatory Committee – ( Chair: Eknath Khatiwada
• Audit Committee – ( Chair: Goba Katuwal)
• Finance Committee – (Chair: Mahesh Shrestha)
• Physical Infrastructure and Development Committee – ( Chair: Aman Maskey)
माथिका उल्लेखित समितिहरुले आफ्ना कार्य योजनाहरु तयार गरि विभिन्न कार्यहरु सम्पन्न गरेका छन् ।यस कार्यकालमा संघलाइ आर्थिक रुपमा सबल अनि आत्म निर्भर बनाउनको लागि विभिन्न योजनाहरु तयार पारिएको छ ।
NRNA र ILO Project को Financial Reports संवन्धी विस्तृत जानकारीका लागि तलको लिंक Click गर्नुहोला।
1) https://nrna.org/resource/audit-report-2077-78/
2) https://nrna.org/resource/audit-report-2076-77/
3) https://nrna.org/resource/financial-report-as-of-august/
4) https://nrna.org/resource/transportation-analysis-report-as-of-august/
5) https://nrna.org/resource/database-analysis-report/

भवदीय
महेश कुमार श्रेष्ठ
कोषाध्यक्ष तथा संयोजक NRN Foundation and Financial Sustainability Department गैरआवासीय नेपाली संघ, तथा लोक दहाल सहकोषाध्यक्ष