एनआरएनएको विधानविपरित राजनीतिक पार्टीको सरण लिएका आचार्यको सदस्यता रद्ध हुनसक्ने !

लण्डन । नेपाली कांग्रेसले हालै जारी गरेको पत्रले गैरआवासीय नेपाली संघ (एनआरएनएं)को आगामी निर्वाचनका प्रत्यासी कुल आचार्यको उम्मेदवारी नै खारेज हुने अवस्थामा पुगेको छ । गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मंचको विश्व संजालका अध्यक्ष भक्त गुरुङले आचार्यको उम्मेदवारीनै अवैधानिक हुने खुलासा गरेका हुन्।
गुरुङले शनिवार युरोपमा आयोजित एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए विधानको प्रस्तावनामा नै गैरराजनीतिक संस्था हुने भनेर लेखिएको अवस्थामा कांग्रेसको पत्रमै आचार्यको नाम किटान गरिएकोले उनले एनआरएनएको साधारण सदस्यमा रहिरहने हैसियत गुमाइसकेका बताए ।
आचार्यले पार्टीको पत्र ल्याएर बिखण्डनकारीको नेतृत्व गरेको गुरुङको आरोप छ । नेपाली कांग्रेसले जारी गरेको पछिल्लो पत्रले गैरआवासीय नेपाली संघको औचित्यमा प्रश्न उठेको उनले बताए । गुरुङले भने, ‘संस्थामा भएको विवाद र विखण्डनको जिम्मा कुल आचार्यले जिम्मा लिनु पर्छ ।’
गुरुङले संघको निर्वाचनमा हस्तक्षप गर्न पार्टीहरू आफै नआएका बताउँदै विदेशमा रहेका नेता तथा कार्यकर्ताले आमन्त्रण गरेको बताए । गुरुङले विधानमा प्रष्ट सामाजिक, धार्मिक र राजनीतिक संस्थामा आबद्ध रहेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था हुदाँ हुदै पार्टी गुहार्ने प्रवुत्तिले आचार्यको उम्मेदवारी खारेज हुने तर्क गरे ।
‘गैरआवासीय नेपाली संघलाई पार्टीको भातृस्ंथा बनाउन मिल्दैन्,’ गुरुङले भने । उनले संघको भित्रको विवाद समाधानको लागि आफ्नै संरचना हुदाँहुदै परराष्ट्र मन्त्रालमा उजुरी लिएर जानु गलत भएको जिकीर गरे । उनले संघभित्र देखिएको हालको विवाद सधान गर्न संरक्षक परिषदलाई दिनु पर्ने सुझव दिए ।
कार्यक्रममा बोल्दै जनसम्पर्क समिति अमेरिकाका नेता डा। यादव पण्डितले संघभित्र वैचारिक र आर्थिक विभेद रहेको आरोप लगाए । माओवादी निकट मध्यपूर्वका नेता सनी ओलीले पार्टीहरुले एनआरएनए निर्वाचनमा ह्वीप जारी गर्नु स्वभाविक रहेको दावी गरे ।
मुद्धा परे आचार्यले उम्मेदवारी दिन नपाउने
गैरआवासीय नेपाली संघको निर्वाचन समितिका एक सदस्यका अनुसार संघको विधानअनुसार कुनै पनि राजनीतिक दलमा आबद्ध भएको प्रमाणीत भए उम्मेदवारी खारेज हुने बताए । उनले भने अहिलेनै निर्वाचन प्रकृया शुरु भएको छैन् व्यक्तिगत प्रकृति गरेर दाबी विरोधको आधारमा निर्वाचन समितिले निर्णय गर्ने हो अहिलेनै केही भन्न सकिन्न् ।
तर, उनले उम्मेदवारी दर्ता गर्नुअघि कुनै पनि राजनीतिक, धार्मिक र जातिय संस्थामा नभएको पुष्टी हुने गरि अनिवार्य रुपमा फारम भर्नु पर्ने बताए । एक कानूनविद्धका अनुसार आचार्यले संघको विधीविधान विपरित उम्मेदवार बन्न खोजेमा तत्काललै सर्वोच्च आदालमा उजुरी दिएर उम्मेदवारी रोक्न सकिने छ।
ताजा अपडेट
