शुक्रबार ‘दुबई एक्स्पो–२०२०’ को भव्य रुपमा उद्घाटन गरिदैं

शुक्रबार ‘दुबई एक्स्पो–२०२०’ को भव्य रुपमा उद्घाटन गरिदैं

दुबई । दुबई एक्स्पो–२०२० को उद्घाटन समारोहको संयुक्त अरब इमिरेट्स (यूएई) भर ४३० भन्दा बढी स्थानहरुमा प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। यूएइको जुनसुकै स्थानबाट पनि त्यस रमाइलो दृश्य अवलोकन गर्न पाइने बताइएको छ।

१ अक्टोबरमा तीनवटा शानदार आतिसबाजी प्रर्दशन हुनेछन्। सो कार्यक्रमलाई महामारी भएदेखि आयोजित विश्वको सबैभन्दा विशाल कार्यक्रम भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार, आयोजकसहित उद्घाटन समारोहको आयोजना गरिने बताइएको छ। सो उद्घाटन समारोहमा एक्स्पोलाई सहयोग गरेकोमा  धन्यवाद ज्ञापन गर्दै सबै राष्ट्रलाई निमन्त्रणा गरिनेछ।

त्यस्तै सो विशाल समारोहमा हवाई अड्डा, सपिङ मलदेखि होटल र अन्य स्थानसम्म स्क्रिन स्थापित गरिने र अविश्वसनीय संगीत र सांस्कृतिक प्रदर्शनहरु प्रस्तुत गरिने बताइएको छ।

सो समारोहलाई दर्शकले संसारको कुनैपनि ठाउँबाट र एक्स्पो टिभीमार्फत र अन्य संचारमाध्यम मार्फत १९३० जीएसटी पछि अवलोकन गर्न सकिने समेत बताइएको छ। सो समारोहमा विश्वप्रख्यात टेनर एन्ड्रिया बोकेकीस गोल्डेनग्रोब बिजेता, नायिका, गायिका तथा गीतकार एल्ली गौल्डिङस अन्तर्राष्ट्रिय मेघास्टार पियानो बादक ल्याङ्ग ल्याङ्गस र चौथो पटक सम्म ग्रामी विजेता एन्जेलिक किड्जोको पनि शानदार प्रस्तुति रहने बताइएको छ।

सो एक्स्पो २०२० मा सहभागी देशहरूको झण्डा प्रदर्शन गरिने र टिकट किन्नको लागि बुथहरु पनि राखिने बताइएको छ।

त्यसैगरी सो उद्घाटन समारोहलाई लक्षित गर्दै राष्ट्रव्यापी रूपमा २ सय ४० वटा होटलहरु तयारी अवस्थामा राखिएको बताइएको छ। ती होटलहरुमा ईमार्स रोअ, अर्मानी, एड्रेस होटल्स् एन्ड रिसोर्ट्स्, एक्कोर, मेरिओट, हिल्टन, आईएचजी, रोटाना, हायात ईन्टरनेशनल लगायत रहेका छन्। त्यस्तै, टर्मिनस ग्रुप, लोरिल एन्ड निसान जस्ता पाट्रनर्सले पनि अमूल्य सहयोग गरेको आयोजकले बताएको छ । त्यस्तै , ईमिरेट्सले एयरलाईन्स पार्टनरको रुपमा स्थानीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग गरेको बताइएको छ।

त्यस्तै, सो विशाल समारोहमा त्यहाँको रीतिरिवाज, संस्कृति झल्किने प्रर्दशनी, परम्परागत पोशाक र परम्परागत खाना लगायत विविध कुराहरु पनि उपलब्ध हुने बताइएको छ।

दुबई एक्सपो’ मा भाग लिने नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी) ले गर्दैछ भने यसका संयोजक हुन, अमृतमान शाक्य। आइजी ग्रुप मातहत रहेर ३२ वटा पार्टीले भाग लिँदैछन्। आइजी ग्रुपले २ करोड २२ लाख रुपैयाँ खर्चेर नेपाल सरकारबाट ‘दुबई एक्सपो’ मा भाग लिने अनुमति पाएको हो। ‘दुबई एक्सपो’ का लागि नेपाललाई २१३ वर्ग फिटको ठाउँ छुट्टयाइएको छ।