अनैतिक सम्बन्धबाट जन्मिएको शिशु कन्टेनरमा फ्याँकेको आरोपमा नेपाली युवती पक्राउ

अनैतिक सम्बन्धबाट जन्मिएको शिशु कन्टेनरमा फ्याँकेको आरोपमा नेपाली युवती पक्राउ सांकेतीक तस्वीर

कुवेत सिटी।फोहोर थुपार्ने कन्टेनरमा नवजात शिशु फ्याँकेको आरोपमा एक नेपाली युवती तथा उनको केटा साथी कुवेतमा पक्राउ परेका छन्।

यो घटनाको जानकारी कुवेतको गृह मन्त्रालयलाई एक फिलिपिनोले दिएका थिए। फारवानिया क्षेत्रमा ‘वाकिङ’ का क्रममा ती फिलिपिनोले एक महिला र पुरुषलाई शंकास्पद रुपमा भर्खरै जन्मिएको बच्चालाई कन्टेनरमा फ्याँक्ने तयारी गरिरहेको अवस्थामा देखेका थिए।

फिलिपिनोको सूचनाकै आधारमा प्रहरीले कन्टेनरमा गएर खोजी गर्दा नवजात शिशु फ्याँकिएको अवस्थामा फेला परेका थिए।

प्रहरीले घटनामा संलग्न नेपाली युवती तथा पुरुषलाई थप अनुसन्धानका लागि पक्राउ गरेको हो। अनुसन्धानका क्रममा फ्याँकिएको बच्चा यी दुवैको अनैतिक सम्बन्धबाट जन्मिएको पुष्टी भएको छ।



No ads found for this position