एनआरएनए अध्यक्षका प्रत्यासी रवीना थापाको टिमलाई चितवनमा स्वागत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षको प्रत्यासी रहेकी रवीना थापाको टिमलाई एक कार्यक्रमकाबीच चितवमा स्वागत गरिएको छ ।
नेपाली कांग्रेस चितवन जिल्लाका पूर्व सभापति तथा पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले थापासहित उपाध्यक्षका उम्मेदवार जय प्रकाश गुरुङ र महासचिव विनय अधिकारीलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा रवीनाका पति नारायण थापाको पनि सहभागिता थियो।
सो अवसरमा पूर्व मन्त्री अधिकारीले रवीनाकाे टिमलाई विजयीको शुभकामाना दिएका थिए ।
कार्यक्रममा चितवन जिल्लाका निवर्तमान क्षेत्रीय सभापति कुमार कार्की, जिल्ला सदस्य उद्धव लोहनी, निवर्तमान नगर सभापति रुप्नराज घिमिरे, पूर्व क्षेत्रीय सभापति माधव प्रसाद अर्याल, हरिचन्द्र अधिकारी, कलाघर पौडेल, होमनाथ सापकोटा, लक्षमण सापकोटा, रामु आचार्य, सुमन पौडेल, मेघनाथ सुवेदी, रामहरि न्यौपाने, प्रल्लाद सापकोटा, रामहरि न्यौपाने, सूर्य अर्याललगायत नेता तथा सञ्चारकर्मीहरुको सहभागीता थियो।