एनआरएनए निर्वाचन : यस्तो बन्यो अध्यक्षका दावेदार डा. बद्री केसीको प्यानल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो निर्वाचनमा अध्यक्ष पदका दावेदार मानिएका डा. बद्री केसीले आफ्नो टिममा कसलाई लैजाने भन्ने गृहकार्य सकाएका छन्। डा. केसी निकट स्रोतका अनुसार मगलबार उनले आफ्नो टिमको अन्तिम टुंगो लगाएका हुन्।
जसमा उपाध्यक्षका लागि हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री (ओमन) र धर्मराज अधिकारी (अष्ट्रेलिया) लाई अफ्नो टिममा लिएर चुनाव लड्ने पक्का भएको छ।
यस्तै महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले ९साउदी अरब० र युवा उपाध्यक्षमा क्षेत्रबाट रोशन थापा ९अफ्रिका० डा. केसीको टिममा परेका छन्।
यसैगरी अमेरिकी क्षेत्रबाट वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निर्वाह गरेका गौरीराज जोशी डा. केसीको टिमबाट महासचिवमा उम्मेदवारी दिने भएका छन्।
एक महिला अनिवार्यसहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्।
कोषाध्यक्ष पदमा बेल्जियमका लोकप्रसाद दाहाललाई उनले आफ्नो टिममा समावेश गरेका छन् । दाहाल वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्षको जिम्मेवारीमा छन् । यस्तै सह–कोषाध्यक्षमा जापानबाट रोविन्द श्रेष्ठ ( गोविन्द) को नाम चर्चामा रहेपनि अन्तिम टुंगो भने लागेको छैन।
यस्तै महिला सह-कोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई ‘टिम बद्री’ मा परेकी छिन।
यस्तै, महिला संयोजकमा बेलायतबाट संगिता मरहठ्ठा र युवा संयोजकमा आरल्याण्डबाट मिलन छन्त्याललाई डा. केसीले आफ्नो टिममा अघि सारेका छन्।
आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा दशौं विश्व सम्मेलन हुँदैछ । नेतृत्व चयनका लागि अनलाइनबाट मतदान हुनेछ।
अध्यक्ष पदका लागि अमेरिकाबाट रविना थापा र बेलायतबाट कुल आचार्यले पनि उम्मेदवारी घोषणा गरेका छन्।
ताजा अपडेट
