महिलाको संवेदनशील अंग जर्वजस्ती सुम्सुमाएको आरोपमा जापानमा एक नेपाली पक्राउ

महिलाको संवेदनशील अंग जर्वजस्ती सुम्सुमाएको आरोपमा जापानमा एक नेपाली पक्राउ जापान प्रहरी फाइल फोटो

टोकियो । महिलाको संवेदनशील अंग जर्वजस्ती आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन्।

घर फर्कंदै गरेकी एक युवतीमाथि यौन अपराध गरेको आरोप अभियुक्त युवामाथि लगाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पक्राउ परेका युवा ३७ बर्षीय सुमन कुमार पौडेल भएको हुन् ।

२२ सेप्टेम्बर दिउँसो महानगरिय प्रहरी शितायाले पौडेललाई पक्राउ गरेको हो । पार्ट टाइम काम गर्दै आएको बताइएका पौडेल राजधानी टोकियोको सुगिनामी कु कोउएन्जी कितामा बस्थे ।

‘रक्सिले मातेको अवस्थामा भएकाले मलाई केही सम्झना छैन’ अभियुक्त पौडेलले आरोपबारे प्रहरी समक्ष बयान दिएका छन्।

घटना २८ अगष्ट साँझ ६ बजेर ४० मिनेटको समयमा ताईतो वार्डमा भएको बताइएको छ।

अभियुक्त नेपाली युवाले महिलालाई ८० मिटरसम्म पिछा गरेर संवेदनशील अंग छोएर दुर्व्यवहार गरेको दाबी प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

उक्त यौन दूर्व्यवहारको हर्कत लगत्तै पौडेलले ४० वर्ष उमेर समुहकी अर्का एक महिलासँग कुरा गर्दै ‘तिम्रो बहिनी राम्री छिन्’ भनेको पनि समाचारमा उल्लेख छ।

घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।