कतार र मलेसियामा रहेका नेपाली राजदूतको पद संकटमा

कतार र मलेसियामा रहेका नेपाली राजदूतको पद संकटमा

काठमाडौं। नेपाल सरकारको मंगलबार बसेको क्याबिनेट बैठकले राजनीतिक चिट्ठाका आधारमा राजदूत नियुक्त सबैलाई बोलाउने निर्णय गरेपछि कतार तथा मलेसियामा रहेका राजदूतको पद धरापमा पर्ने सम्भावना प्रबल बनेको छ।

शेरबहादुर देउवा सरकारले यसअघि केपी ओलीको पालामा नियुक्त भएका राजदूतलाई बोलाउने निर्णय गरेको हो।

देउवा मन्त्रीमण्डलको यो निर्णयसँगै केपी ओलीसँग निकट रहेका कतारका राजदूत नारदमुनी भारद्धवाजको पद सबैभन्दा पहिले संकटमा परेको हो।

पञ्चायतकालमा ओलीसँग जेल परेका भारद्धवाजलाई विशेष महत्व दिएर ओली सरकारले कतारको राजदूत नियुक्त गरेको थियो। यस्तै, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई पनि केपी ओलीले नियुक्त गरेका थिए।