मलेसिया ३१ डिसेम्बरसम्म नखुल्ने, भ्रममा नपर्न मलेसियाली सरकारको आग्रह

मलेसिया ३१ डिसेम्बरसम्म नखुल्ने, भ्रममा नपर्न मलेसियाली सरकारको आग्रह मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरि एम सरभानन/तस्वीर : बरनामा

क्वलालम्पुर। वैदेशिक रोजगारीका लागि मलेसिया आउने आप्रवासी श्रमिकलाई कुनै भ्रममा नपर्न मलेसियाली सरकारले आग्रह गरेको छ। मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरि एम सरभाननले ३१ डिसेम्बरसम्म आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि मलेसियामा रोजगारीको अनुमति नभएको स्पष्ट पारेका छन्।

केही समययता मलेसियामा आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि खुला भएको भन्दै म्यानपावर कम्पनीले विज्ञापन गर्न थालेपछि सरकारले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको हो।

कोभिड–१९ संक्रमणका कारण १८ मार्च २०२० देखि मलेसियाले विदेशी श्रमिक भित्र्याउने नीतिलाई नियन्त्रण गरेको थियो।

मन्त्री सारभाननका अनुसार राष्ट्रिय सुरक्षा परिषद्, मानव संसाधन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गरेर सरकारले आप्रवासी श्रमिक निर्णय लिइने बताइएको छ।