कुवेतमा हिरोइन कारोबारमा संग्लन एक नेपाली पक्राउ

कुवेतमा हिरोइन कारोबारमा संग्लन एक नेपाली पक्राउ सांकेतीक तस्वीर

कुवेत सिटी। प्रतिबन्धित लागू औषध हिरोइनको कारोबार गरेको आरोपमा कुवेतमा एक नेपाली पक्राउ परेका छन्।

कुवेत प्रहरीका अनुसार हिरोइन विक्री गर्ने उद्देश्यले ग्राहकलाई पर्खेर बसेको अवस्थामा ती नेपाली पक्राउ परेका हुन्। गृह मन्त्रालयको विशेष अनुसन्धान टोलीले गस्ती गर्ने क्रममा हवाली क्षेत्रबाट नेपालीलाई पक्राउ गरेको हो।

हिराइन कारोबारका लागि एउटा गाडी शंकास्पद अवस्थामा पार्किङ गरेर राखेको देखेपछि प्रहरीको गस्तीले छानवीन गरेको थियो।

पक्राउ परेका नेपालीले प्रयोग गरेको गाडीबाट हिरोइनको पाँच वटा ब्याग बरामद भएको प्रहरीले बताएको छ। लागू औषध कारोबारको विषयमा थप अनुसन्धानका लागि ती नेपालीलाई कुवेत प्रहरीले लागू औषध रोकथाम टोलीलाई सुम्पिएको छ।



No ads found for this position