मलेसियाबाट एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो

मलेसियाबाट एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो फाइल तस्बिर

काठमाडौं- मलेसियाबाट एकै दिन ६ शव र १५ जनाकाे अस्तु नेपाल ल्याइएको छ।

शनिबार नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शव र १५ जनाको अस्तु ल्याएर परिवारको जिम्मा लगाइएको हो।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मध्ये एक जना २० वर्षअघि मलेसिया पुगेका थिए।

विदेशमा ज्यान गुमाएकाहरूकाे शव ल्याउनका नेपाल सरकार र जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शव वाहनमा शव पुर्‍याउने गर्दै आएको छ।