कुमार पन्त टिमले संस्था कब्जा गर्न खोजे, परराष्ट्रको निर्णय ठिक : कुल आचार्य

कुमार पन्त टिमले संस्था कब्जा गर्न खोजे, परराष्ट्रको निर्णय ठिक : कुल आचार्य

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्थगित गर्ने परराष्ट्र मन्त्रालयको निर्देशनलाई संघका सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले ठिक ठहर्‍याएका छन्।

बिहीबार भर्चुअल पत्रकार सम्मेलनमा उनले वर्तमान अध्यक्ष कुमार पन्त पक्षले संस्था कब्जा गर्ने रणनीतिअन्तर्गत विधान अनुरुप काम नगरेको आरोप लगाए।

उनले संस्था कब्जा गर्ने रणनीति अन्तर्गत संस्थापन पक्ष दह्रोसँग उभिएको बताए। उनले विधान अनुरुप महाधिवेशन प्रतिनिधि छनोट नभएको र यसमा अध्यक्ष कुमार पन्तले विधान अनुरुप काम नगरेको आरोप लगाए।

कोभिड–१९ महामारीमा अध्यक्ष कुमार पन्तको टिमले राम्रो काम नगरेको आरोप लगाउँदै एनआरएनए विदेशमा बसोबास गर्ने नेपालीको हकहितको लागि नभएर व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने ठाउँ भएको बताए।

उनले भने, ‘यो संस्थालाई ‘फर नेपाली बनाउँ, फाइट नेपाली नबनाउँ’ व्यक्तिगत स्वार्थमा नजाउँ। संस्थालाई मर्यादित बनाउँ भन्ने हो।’

उनले कोरोनाकालमा एनआरएनएले राम्रो काम नगरेको, हल्लाखल्ला बढी गरेको बताउँदै भने, ‘मलेसियाका साथीहरु नेपाल फर्किन रुदै गर्दा एनआरएनएले के ग¥यो? संस्थाको साथ खोज्ने कि न खोज्ने?’

उनले महामारीमा विदेशी कम्पनीले ठूलो रकम उठाउँदा पनि एनआरएनएले केही गर्न नसकेको भन्दै भने, ‘विदेशी कम्पनीलाई ठूलो रकम तिर्दा हाम्रो मुटु रोयो। कतिपय साथीहरुको परिवार मर्दा पठाउन पाएनौ।’

उनले व्यक्तिभन्दा पनि संस्था ठूलो भएको बताए। उनले एनआरएनएको विषयमा उजुरी परेको विषय उप्काउँदै अमेरिका, अस्ट्रेलिया र बेलायतमा निस्पक्ष निर्वाचन भएको दावी गरे।