कतारमा दिउँसो काम गर्न लगाइएको प्रतिबन्ध हट्यो

कतारमा दिउँसो काम गर्न लगाइएको प्रतिबन्ध हट्यो

दोहा। ‘दिउँसो काम गर्न प्रतिबन्ध’ लगाइएको कानूनलाई कतार सरकारले हटाएको छ।

चर्काेगर्मीका कारण यसभन्दाअघि कतार सरकारले दिउँदो काम गर्न प्रतिवन्ध लगाएको थियो ।

कतार सरकारले  विहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म काम गर्न पाउने नियम हटाएको छ। यो नियम १ जुनदेखि १५ सेप्टेम्बरसम्म लागू गरिएको थियो।

बिहीबारदेखि वैदेशिक रोजगारीमा आउने नेपाललगायत अन्य आप्रवासी श्रमिकले दिउँसाे काम गर्नुपर्ने छ।

कतारको श्रम मन्त्रालयले यस बीचमा नियम उल्लंघन गर्ने ३ सय ३८ कम्पनीविरूद्ध कार्यवाही प्रक्रिया अगाडि सारेको थियो।

अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले गर्मीमा काम लगाएको आरोप लगाउँदै कतार सरकारको आलोचना गरेको थियो। गर्मीका कारण कतारलगायत मध्यपूर्वका अन्य देशमा थुप्रै आप्रवासी कामदारले ज्यान गुमाएका थिए। कतारमा सबैभन्दा बढी नेपाली कामदार प्रभावित थिए।