वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्विरोध

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्विरोध

काठमाडौं। वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन । समाजको आज सम्पन्न १२ औ साधारणसभाले आगामी २ वर्षका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर तथा सदस्यहरुमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन।

समाजका अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिकारुपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिकारुपमा श्रम तथा रोजगार सचिव सुर्यप्रसाद गौतम तथा अतिथिकारुपमानेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा समाजद्धारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको थियो ।