चुनावी विकृतिका कारण युवा पुस्ता पछाडि पर्‍याे : महासचिव डा. शर्मा

चुनावी विकृतिका कारण युवा पुस्ता पछाडि पर्‍याे : महासचिव डा. शर्मा

लण्डन।गैरआवासीय नेपाली संघ ९एनआरएनए० का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा। हेमराज शर्माले संघमा युवाहरूको संलग्नता बढेको भन्दै अव युवाले संस्था चलाउने समय आएको बताएका छन्।

उनले एनआरएनएको दशौं महाधिवेशनको तयारी र संघको भावी कार्यक्रमबारे जानकारी दिँदै शनिबार पत्रकारहसँगको अन्तरक्रिया कार्यक्रममा भने, ‘संघमा महिला तथा युवाको सहभागिता न्यून छ। दोस्रो पुस्ता नेतृत्वमा आउन सकेको छैन। त्यसको मुख्य कारण चुनावी विकृति हो।’

पछिल्लो समय एनआरएनएमा राजनीतिक जालझेल बढेका कारण युवा तथा व्यवसायिक व्यक्तिको उल्लेख्य संलग्नता नभएको डा. शर्माको भनाइ थियो। शर्माले भने, ‘यो गैरआवासीय नेपाली संघको धेरै अघिदेखिको समस्या हो।

डा. शर्माले कार्यशैलीका आधारमा अब एनआरएनए रुपान्तरणको प्रक्रियामा रहेको र त्यसका लागि वर्तमान कार्यसमितिले पहल गरेको बताए। ‘उपेन्द्र महतो, शेष घलेलगायत संस्थापक नेताहरू अब संघमा सक्रिय हुनुहुन्न। त्यसैले अब अर्को पुस्ता रुपान्तरित हुनैपर्छ,’ उनले भने।

विगतमा काठमाडौंमा चुनाव गर्ने र राजनीतिक हस्तक्षेप निम्त्याउने काम भएको भन्दै डा। शर्माले आगामी दिनमा त्यो रोकिनुपर्ने बताए। ‘हामी नेतृत्वको भ्रममा प¥यौं। जसरी पनि चुनाव जित्नैपर्छ भन्नेमा लाग्यौं,’ उनले भने, ‘अब त्यस्तो भ्रमबाट मुक्त हुनैपर्छ। सदस्यता बढाउँदा विकृति आयो भन्दै त्यसलाई चुनावसँग जोडेर हेरियो। आफ्नै घरबाट आफ्नै डिभाइसमार्फत् चुनाव गराएको भए सदस्यता बढ्थ्यो। चुनावपनि निष्पक्ष हुन्थ्यो।’

पछिल्ला दिनमा आर्थिक विकासका लागि १० अर्बको परियोजना, एनआरएनए फाउन्डेसनको स्थापना र नागरिकतालगायतका विषयमा कामले गति लिएको डा। शर्माको भनाइ थियो। संघको हालको संरचनालाई थप चुस्त बनाउँदै अधिवेशन पारदर्शी बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

डा.शर्माले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विगतमा निकै मनोमानी हुने गरेको जनाउँदै यसपालि त्यस्तो हुन नदिएको बताए। ‘डेलिगेट कसरी छान्ने गरिन्थ्यो जगजाहेर नै छ। विगतमा त्यसलाई चेक गर्ने कुनै संयन्त्र नभएका कारण यसपालिदेखि पारदर्शी हुनुपर्छ भनेर लागेका हौं,’ उनले राष्ट्रिय संघमार्फत छनोट हुने ६५ प्रतिशत प्रतिनिधि जसले छाने उही हुने बताए।

‘डेटाबेस छ। कसैले झुक्काएको खण्डमा र प्रक्रिया अनुसार चयन नभएको खण्डमा हामी रद्द गरिदिन्छौं र गरिरहेका छौं,’ उनले प्रतिनिधिको सूचीमा कोही छुटेको भए बखेडा नबनाउन आग्रह गर्दै विधानअनुसार नाम समावेश गर्न सकिने जनाए।

उनका अनुसार ४३ देशमा सर्वसहमत प्रतिनिधि चयन गरिएको र अन्य देशमा पनि विवाद नरहेको बताए। ‘४ वटा देशमा भने हामीले गर्न खोजेको र चाहेको भन्दा फरक चुनाव भएकाले विवाद भयो,’ डा। शर्माले भने।