खोप लगाएका नेपाली हङकङ फर्किन पाउने

खोप लगाएका नेपाली हङकङ फर्किन पाउने फाइल फोटो : हङकङ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा अड्किएका हङकङको आवासीय अनुमति प्राप्त गरेका नेपाली फर्किन पाउने भएका छन्।

हङकङ सरकारले १५ सेप्टेम्बरदेखि लागू हुने गरी नेपालमा अड्किएका ‘हङकङ रेसिडेन्ट’ फर्किन पाउने जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष गोकर्ण ढकालका अनुसार फर्किनको लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ। हङकङमा खोप लगाएकालाई भने यसअघि नै प्रवेश अनुमति दिइएको थियो । उसले नयाँ यात्रा नीति जारी गर्दै नेपालसहित विभिन्न ५० मुलुकबाट प्रवेश अनुमति दिएको हो।

कोभिडका कारण काठमाडौं–हङकङ उडान गत २८ अप्रिलदेखि स्थगित भएको थियो । संघका अध्यक्ष ढकालका अनुसार झण्डै ६ सय हङकङको आवासीय अनुमति प्राप्त गरेका नेपाली नेपालमा अड्किएका छन्।