कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपालीको पहिचान खुल्यो

कुवेत सिटी। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर ज्यान गुमाएका दुई नेपाली कामदारको पहिचान खुलेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा झापाको गोलधाप-१ निवासी यमबहादुर कटुवाल र झापाकै रचकचकी-६ निवासी सुकलाल राजवंशी रहेका छन्।
उनीहरुको बुधबार विमानस्थलको टर्मिनल-२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको थियो।
सोही घटनामा रोल्पाको धनमुढास्थित मिझिंग-८, निवासी सर्वजीत महरा घाइते भएका छन्। उनको उपचार भइरहेको दूतावासले जनाएको छ।
याे पनि
कुवेत विमानस्थलमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको मृत्यु
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर