कुवेत विमानस्थलमा पुरिएर २ नेपालीको मृत्यु

कुवेत विमानस्थलमा पुरिएर २ नेपालीको मृत्यु

कुवेत सिटी । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नेपाली श्रमिकको मृत्यु भएको छ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–२ को निर्माणस्थलमा बालुवामा पुरिएपछि दुई नेपाली श्रमिकको मृत्यु भएको अग्नि नियन्त्रण विभागले बुधबार बताएको छ।बाँकी एकजना श्रमिकलाई भने जीवितै उद्धार गर्न सफल भएको बताइएको छ।

स्रोतलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएअनुसार तीनैजना श्रमिक बिहानै उक्त निर्माणस्थलमा बालुवामुनि फसेको थाहा पाइसकेपछी उद्धारको लागि उद्धार टोली त्यहाँ पुगेको थियो।

चार घण्टा लामो ‘म्याराथन उद्वार अभियान’ पछि उद्वारकर्ताले जीवित व्यक्तिलाई बाहिर निकाल्न सफल भएको र दुई जना नेपाली श्रमिकहरु मृत भेटिएको बताइएको छ।