जापानले आपत्तकाल लम्बाउने

जापानले आपत्तकाल लम्बाउने

टोकियो । जापान सरकारले आपतकालिन अवस्थालाई विस्तार गर्ने भएको छ । राजधानी टोकियो सहित २१ प्रान्तहरुमा जारी आपतकाल दैनिक संक्रमणदर घट्दो पाइएपनि कम्तिमा दुई साताका लागि थपिने देखिएको छ ।

गम्भीर बिरामीहरुको संख्या उच्च र बालबालिकाहरुमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरस सल्लाहकार प्यानलले तयार पारेको मापदण्ड अनुसार सरकारले आपतकाल हटाउन नसक्ने देखिएको हो । चिकित्सा प्रणालीमा महामारीको प्रभाव हेरेर आपतकालिन स्थिति हटाउनुपर्ने प्रमुख शर्त सहित सल्लाहकार प्यानलले सरकारलाई सुझाव पेश गरेको छ । सरकारले यहि प्यानलको आधारमा कोरोना भाइरस नियन्त्रणका उपाय र निर्णयहरु गर्दै आएको छ।

विज्ञ प्यानलले सरकारलाई महामारीको सामना गर्न प्रस्तावहरुको नयाँ योजना प्रस्तुत गरेको छ। टोकियो र अन्य २० प्रान्तमा सेप्टेम्बर १२ सम्म आपतकालिन अवस्था घोषणा यथावत छ ।

प्यानलले सरकारले आपतकालिन अवस्था हटाउने निर्णय पूर्व अपनाउनुपर्ने मुख्य शर्तमा संक्रमणको स्तर लगातार दुई हप्तासम्म घटेको हुनुपर्ने उल्लेख छ।

विशेषज्ञहरुले चिकित्सा सेवाहरुमा बोझको आकलनमा अधिक जोड दिनुपर्ने उल्लेख गरेका छन् । उनीहरुले कोरोना भाइरसका बिरामीहरुका साथै सामान्य चिकित्सा स्याहार चाहनेहरुमा परेको असरको जाँच गर्न सल्लाह दिएका छन् ।

गम्भीर वा मध्यम कोरोना भाइरस लक्षण भएका बिरामीहरुको संख्या आपतकालिन अवस्था उठाउनु अघि लगातार घट्न आवश्यक रहेकोमा विज्ञ समितिले जोड दिएको छ।

प्यानलले घरमा एक्लै बस्ने वा उपचारको पर्खाइमा रहेका बिरामीहरुको अनुपात १ लाख जनसंख्यामा प्रति जनसंख्या ६० जनामा ​​झर्नु पर्ने र यो विशेषगरि ठूलो शहरी क्षेत्रहरुको लागि तय गरेको छ ।

विज्ञहरुले आपतकालिन अवस्था हटाइसकेपछि संक्रमण फेरि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी सरकारी निर्णयहरु सावधानीपूर्वक गर्न सुझाव दिएको छ ।