कुवेतमा एक्सचेञ्जमा काम गर्ने नेपाली लुटिए

कुवेतमा एक्सचेञ्जमा काम गर्ने नेपाली लुटिए

कुवेत सिटी। अल्मूला एक्सचेन्जमा कार्यरत ज्ञानेन्द्र रिजाल लुटिएका छन्। ५ सेप्टेम्बर राती करिव ९ बजेर २० मिनेटमा डिउटी सकेर कोठा फर्किने क्रममा उनी लुटिएको बताइएको छ। बाटोमा कुवेती जस्तो देखिने दुई अज्ञात समूहले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ केडी पैसासहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर भागेका छन्।

पीडित रिजालले सिभिल आइडी जस्तो महत्त्वपूर्ण कागजात लुटिएको जानकारी दिएका छन्। उनले आफ्नो कागजपत्र कहिँकतै भेटिएको खण्डमा आफ्नो वाट्सअप नम्बर ६५८७७६२६ वा अफिसको मोबाइल नंबर ५१७८०४७३ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्।

 



No ads found for this position