साइप्रसमा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको निधन, एक गम्भिर घाइते

साइप्रसमा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको निधन, एक गम्भिर घाइते

साइप्रस । साइप्रसमा मोटरसाइकल दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। साइप्रस प्रहरीले नेपाली कन्सुलेटलाई दिएको रिपोर्ट अनुसार कपिलवस्तुका २४ वर्षीय तुलसी भुसालको मृत्यु भएको छ।

यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भिर घाइते भएकी छिन। प्रहरीले मंगलवार बेलुका साढे ६ बजे डेरिनियाको एक्रोपोलोस राजमार्गमा उक्त घटना घटेको जनाएको छ।

मृतक भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ । यस्तै घाइते मिरालाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको साइप्रसबाट प्रकाशित स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरी अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ । मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएर भुषालको घटनास्थलमै मृत्यु प्रहरी रिपोर्टले पुष्टि गरेको छ।

मृतक भुसाल र घाइते मिरा दुवै जनाले हेलमेट प्रयोग नगरेको प्रहरीले बताएको छ।