अफगानिस्तानमा अमेरिकी विश्वविधालय पढ्ने महिलामाथि बलात्कारको धम्की

अफगानिस्तानमा अमेरिकी विश्वविधालय पढ्ने महिलामाथि बलात्कारको धम्की

काबुल। अफगानिस्तानमा अमेरिकी सेना बाहिरिएपछि राजधानी काबुलस्थित विश्वविधालयमा पढ्ने महिलामाथि बलात्कारको धम्की बढेको अन्तर्राष्ट्रिय मिडिया बीबीसीकी एक पत्रकाले बताएकी छिन्।

उनले ट्वीट गर्दै अमेरिकी विश्वविधालयमा पढ्ने महिलामाथि बलात्कार र हत्याको धम्की आएको बताएकी हुन्।

२० वर्ष अफगानिस्तानमा असफल सैन्य क्रियाकलाप गरेको अमेरिकाले नयाँ पुस्ता तयार गर्न शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको थियो। काबुलमा अमेरिकी विश्वविधालय नै स्थापना गरिएको थियो।

उनले लेखेकी छिन्, ‘काबुलमा अमेरिकी विश्वविधालयका छात्राले भनेका छन्, तालिबानलाई उनीहरूको नाम र घरको ठेगाना थाहा छ। एक छात्रालाई म्यासेज आएको छ, जसमा लेखिएको छ– तिमी अमेरिकी विश्वविधालयमा पढ्थ्यो र सरकारका लागि काम गथ्र्यो। केही समय पर्ख, तिमीसँग हिसावकिताव हुन्छ।’ अर्को म्यासेजमा उही छात्रालाई भनिएको छ–‘हामी तिम्रो बलात्कार गर्छो र हत्या गर्ने छौं।’

 



No ads found for this position