यूएई ‘टुरिष्ट भिसा’ : कुन–कुन खोपलाई मान्यता दिइएको छ ?

यूएई ‘टुरिष्ट भिसा’ : कुन–कुन खोपलाई मान्यता दिइएको छ ?

दुबई । यूएई सरकारले ३० अगस्टदेखि नेपाललगायत अन्य राष्ट्रका लागि पनि पर्यटन भिसा खुला गरेको छ। कोभिड–१९ संक्रमणका कारण यूएईले यसअघि पर्यटकका लागि यात्रा प्रतिबन्ध लगाएको थियो।

नयाँ घोषणाअनुसार भिसा पाउने पर्यटकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ। यात्रीले यूएई प्रवेश गरेसँगै विमानस्थलमा अनिवार्य रेपिड पीसीआर परीक्षण गर्नुपर्ने प्रावधान पनि छ।

खोप नलगाएका यात्रीको सन्दर्भमा तथा आपतकालीन क्षेत्रका व्यक्तिको सन्दर्भमा भने पूर्ववत् नियम यथावत् हुने बताइएको छ।

कुन–कुन खोपले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेका छन् त ?

विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेका कोभिडविरुद्धका खोपहरु यसप्रकार छन् :
–मोडर्ना
–फाँइजर बाँयोटेक
–जोनसन् एन्ड जोन्सन्
–अक्सफोर्ड एस्ट्राजेनेका
–कोभिसिल्ड
–सिनोफार्म
–सिनोभ्याक